छाङपाटन मोटरमार्गमा कालोपत्रे

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित छाङपाटन मोटरमार्ग कालोपत्रे भएको छ । गाउँपालिकाले ७० लाख लागतमा उक्त मोटरमार्ग कालोपत्रे गरेको हो । एक हजार १५० मिटर सडक कालोपत्रे गरिएको वडाध्यक्ष शिवबहादुर आलेले जानकारी दिए ।
मोटरमार्ग कालोपत्र नहुँदा धुलाम्य बाटो भएर यात्रा गर्न सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । मोटरमार्ग कालोपत्रे भएसँगै सर्वसाधारणलाई आवतजावतका लागि सहज भएको छ । मोटरमार्ग कालोपत्र भएसँगै नयाँबस्ती, झिरुबास, हटियालगायतका ठाउँका सर्वसाधारण लाभान्वित भएका छन् ।
कालोपत्रे भएको मोटरमार्गको शनिबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकामा पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए ।
सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको उनले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सबै वडामा विकास निर्माणका काम भएको बताउँदै स्थानीय तहमा निर्वाचित भएको पाँच वर्षको अवधिमा देखिने काम गरेको बताए । रासस
















यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
सभामुख अर्यालले लिए शपथ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
प्रतिक्रिया