माओवादी केन्द्रका कर्णालीका प्रदेश सांसद विष्ट आज एमालेमा प्रवेश गर्दै
मेरोन्यूज
२०७८ चैत ६ गते ९:२१

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा सांसद एवं प्रमुख सचेतक रहेका ठम्मरबहादुर विष्ट आज (आइतबार) नेकपा एमालेमा प्रवेश गर्दै छन्।
आज वीरेन्द्रनगरको सिटी हलमामा बिहान ११ बजे उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गदैछन् ।
गत शुक्रबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्र त्यागेको घोषणा गरेका थिए । उनले पार्टीको सिद्धान्त र मूल्य–मान्यताविपरीत संसदबाट अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी पारितमा माओवादी संलग्न भएको भन्दै यसमा बसिरहन औचित्य नभएको बताएका थिए ।
उनले पार्टीको जिम्मेवारीसहित प्रदेश सांसद र प्रमुख सचेतकको पदबाट पनि राजीनामा दिइसकेका छन्।
सम्बन्धित
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया