एआईजी बढुवा सिफारिसविरुद्ध उजुरी

काठमाडौं । गृहमन्त्रालयले आफूभन्दा जुनियर डिआइजीलाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरेको भन्दै नेपाल प्रहरीका केही डिआइजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरी दिएका छन् ।
नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि तीन जना नायव महानिरीक्षक (डीआईजी)को नाम सिफारिस गरेपछि त्यसमा अन्याय भएको बताउदै डिआइजीहरुले उजुरी दिएका हुन् ।
स्राेतका अनुसार बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपी शैलेश थापाको ब्याचका डीआईजीहरुले उजुरी दिएका हुन् ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा परेका थिए ।
दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयल जनाएको थियो । डिआइजीहरुले रविन्द्र धानुकको बढुवाको विषयलाई धेरैनै असन्तुष्टि जनाएका थिए ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया