इनारमा डुबेर वृद्धाको मृत्यु
मेरोन्यूज
२०७८ चैत ६ गते १५:११
काठमाडौँ । इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ। चितवनको माडी नगरपालिका ७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान घरबाट निस्किएकी रानाभाट अबेरसम्म घर नपुगेपछि खोजी भएको थियो। घर नजिकैको इनारबाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
वृद्धाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया