एमालेले बोलायो पोलिटब्युरो बैठक
मेरोन्यूज
२०७८ चैत ६ गते १८:४९
काठमाडौँ । नेकपा एमालेले सोमबार पोलिटब्युरो बैठक बोलाएको छ। बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएको छ। त्यस्तै, समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने रिजालले बताए।
९९ सदस्यीय पोलिटब्युरो बैठकमा चुनावी एजेण्डा के के हुने? उम्मेद्वारको मापदण्ड कसरी तय गर्ने? लगायतका विषयमा छलफल हुने उपप्रमुख रिजालले बताए। एमालेले पार्टीको स्थायी कमिटी बैठक बसेपछि मात्रै चुनावी एजेण्डा तय गर्ने छ।
उम्मेद्वार पनि त्यही बैठकपछि टुंगो लगाइने छ। त्यस्तै, यही चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्दै छ भने १३ गते स्थायी कमिटीको बैठक बस्ने छ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया