एमालेले बोलायो पोलिटब्युरो बैठक
मेरोन्यूज
२०७८ चैत ६ गते १८:४९
काठमाडौँ । नेकपा एमालेले सोमबार पोलिटब्युरो बैठक बोलाएको छ। बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएको छ। त्यस्तै, समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने रिजालले बताए।
९९ सदस्यीय पोलिटब्युरो बैठकमा चुनावी एजेण्डा के के हुने? उम्मेद्वारको मापदण्ड कसरी तय गर्ने? लगायतका विषयमा छलफल हुने उपप्रमुख रिजालले बताए। एमालेले पार्टीको स्थायी कमिटी बैठक बसेपछि मात्रै चुनावी एजेण्डा तय गर्ने छ।
उम्मेद्वार पनि त्यही बैठकपछि टुंगो लगाइने छ। त्यस्तै, यही चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्दै छ भने १३ गते स्थायी कमिटीको बैठक बस्ने छ।
सम्बन्धित















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया