बैतडीमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते

बैतडी । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ पाटनबाट सुर्नयातर्फ जाँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिँदा भएको दुर्घटनामा परी सुर्नया(३ का २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
गम्भीर घाइते भएकी चन्दलाई उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए ।
मिनी ट्रकमा सवार पाँच जना घाइते भएका छन् । सुर्नया गाउँपालिका(३ का ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, सुर्नया-३ कै २८ वर्षीया निर्मला चन्द र ३३ वर्षीया पार्वती बिष्ट घाइते भएका छन् ।
माधवी, वसन्ती र कलावतीलाई डडेल्धुरा लगिएको छ भने निर्मला र पार्वतीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा भइरहेको छ । लिपपोतको लागि रातो माटो लैजानको लागि उनीहरु पाटन आएको प्रहीले जनाएको छ । मिनीट्रक चालक पाटन-४ का वीरेन्द्र खत्री फरार छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया