बैतडीमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते

बैतडी । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ पाटनबाट सुर्नयातर्फ जाँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिँदा भएको दुर्घटनामा परी सुर्नया(३ का २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
गम्भीर घाइते भएकी चन्दलाई उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए ।
मिनी ट्रकमा सवार पाँच जना घाइते भएका छन् । सुर्नया गाउँपालिका(३ का ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, सुर्नया-३ कै २८ वर्षीया निर्मला चन्द र ३३ वर्षीया पार्वती बिष्ट घाइते भएका छन् ।
माधवी, वसन्ती र कलावतीलाई डडेल्धुरा लगिएको छ भने निर्मला र पार्वतीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा भइरहेको छ । लिपपोतको लागि रातो माटो लैजानको लागि उनीहरु पाटन आएको प्रहीले जनाएको छ । मिनीट्रक चालक पाटन-४ का वीरेन्द्र खत्री फरार छन् ।













सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया