काँडाघारीमा बम राखेको अभियोगमा सांसद नविना लामाका बुबा पक्राउ

काठमाडौं । काठमाडौंको काँडाघारीमा बम राखेको अभियोगमा सांसद नविना लामाका पिता माणिक लामालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको विशेष व्यूरोले अनुसन्धानका लागि लामालाई पक्राउ गरिएको हो ।
करीव एक महिना अगाडि काँडाघारी नजिकै बम राखेको घटनामा संलग्न व्यक्तिहरूसँग सम्पर्कमा देखिएको र उनी संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त तीनकुनेमा राखिएको छ ।
नेकपा विप्लवसँग आवद्ध रहेका माणिकको समूहले गत फागुन १५ गते अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुमोदन भएको दुई दिनपछि काँडाघारी नजिकै बम राखेर स्थानीयलाई आतंकित तुल्याएको आरोप लगाइएको छ ।
सरकारसँग तीन बुदे सहमति गरेर खुला राजनीतिमा आएको विप्लव समूहलाई अहिले पनि सरकारले दुःख दिइरहेको जनाइएको छ । माणिक लामा यसअघि भूमिगत भएका थिए । विल्लव समूह खुला राजनीतिमा आएसँगै उनी पनि खुला भएका थिए । प्रहरीले यसअघि पनि उनलाई पक्राउ गरेको थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया