बिमस्टेकमा प्रधानमन्त्री भर्चुअल माध्यमबाट सहभागी हुने
मेरोन्यूज
२०७८ चैत ७ गते १७:११

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुअल माध्यमबाट सहभागिता हुने भएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।
बिमस्टेक मन्त्री स्तरीय बैठक र बिमस्टेक परराष्ट्र सचिव–वरिष्ठ पदाधिकारी बैठकमा क्रमशः परराष्ट्रमन्त्री, परराष्ट्र सचिव स्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाउन नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले पाँचौँ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडा पत्रलगायत अन्य दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ।
सम्बन्धित















अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया