शुक्रबार, चैत १३, २०८२

शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन

मेरोन्यूज २०८२ चैत १२ गते १४:०१

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिनिधिसभाका सांसदहरूको शपथलगत्तै उनीहरूलाई च्यासल बोलाइएको हो ।

पार्टीका अनुसार उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई सामूहिक सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ओलीले संसदमा पार्टीको भूमिका र समसामयिक विषयमा ब्रिफिङसहित विशेष निर्देशन दिने बताइएको छ ।

फागुन २१ गतेकाे प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ जना सांसद निर्वाचित भएका छन् ।

प्रतिक्रिया