पार्टीको निर्णय स्वीकार नगरे निर्वाचन जित्न सकिदैन : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे आशन्न स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन् । तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भिमादमा सोमबार आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनको बेला आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय स्वीकार गरेर अगाडि जानु पर्नेमा जोड दिए ।
‘निर्वाचनको बेलामा आफूलाई चित्त बुझेन भने पनि निर्णयलाई स्वीकार गरेर अगाडि जानु पर्दछ,’ नेता पौडेलले भने, ‘पार्टीको निर्णयलाई स्वीकार नगर्ने हो भने कहिले पनि निर्वाचन जित्न सकिदैन ।’
निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय नभएको भन्दै उनले भाषणहरुमा कांग्रेसभित्रको कुरा नल्याउन र आलोचना नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘निर्वाचनको बेलामा आन्तरिक मत भेदलाई उठाउने समय होइन, चित्त बुझने भने त्यो कुरालाई थाती राख्नुस्,’ उनले भने, ‘ भाषणमा कांग्रेसभित्रको कुरा नल्याउनुस्, आलोचना नगर्नुस् ।’
आफूलाई नेतृत्वमाथि औँला ठड्याउने मान्छेको रुपमा प्रस्तुत गर्दै पौडेलले सधैँ प्रश्न गरिराख्न नमिल्ने पनि जिकिर गरे । ‘कम्युनिस्टको भ्रमलाई चिर्ने गरी हामीमा क्षमता अभिवृद्धि गरौँ, म पनि नेतृत्वलाई औँला ठड्याउन कोशिस गर्ने मानिस हुँ। गलत भएको ठाउँमा गलत भन्ने मानिस हुँ। तर, त्यसो सधैँ भरी भनिरहन मिल्दैन,’ उनले भने ।
नेता पौडेलले निर्वाचनको समयमा पार्टीमा चित्त नबुझेका कुराहरु पनि सामाजिक सञ्जालमा नलेख्न नेता–कार्यकर्ताहरुलाई सुझाव दिए । ‘सामाजिक सञ्जालमा मनपरी नगर्नुस्। तपाईले सामाजिक सञ्जालमा केही लेख्नुभो भने तपाईंको उन्नतीको सबैभन्दा बाधक त्यही हुन्छ,’ उनले भने, ‘किन भने त्यो प्रमाणका रुपमा सुरक्षित हुन्छ ।’
अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा कम्युनिस्टहरुले भ्रम सिर्जना गरिरहेका भन्दै पौडेलले भ्रमहरु कांग्रेसले उदाङ्गो पार्न नसकिरहेको पनि बताए ।
‘एमसीसीका बारेमा कम्युनिस्टहरुले भ्रम सिर्जना गरिरहेका छन् । त्यसलाई हामीहरुले उदाङ्गो पार्न सकिरहेका छैनौँ,’ उनले भने ।
















इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया