सर्लाहीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
मेरोन्यूज
२०७८ चैत ८ गते १०:५३
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१० मा सोमबार राति जिपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डल रहेकी छिन् । उनको अस्पताल लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा ६५ वर्षिया जयकलिया देवी मण्डल गम्भिर घाईते भएकी छिन् । उनको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
गएराति साढे ९ बजे भारतीय नम्बरको जिपले पैदलयात्रीद्धयलाई एकैसाथ ठक्कर दिएको हो । जिप सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी गोडैताले जानकारी दिएको छ ।
सम्बन्धित













माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया