जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक

काठमाडौं,
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवनमा आयोजित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा टमाटा दशककै उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए ।
लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा सारथीको भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो ।
टमाटाको प्रशिक्षणमा सन् २०११ एसीसी यु १९ कपमा नेपाल उपविजेता बन्दै यु १९ एसिया कप र यु १९ विश्वकपमा छनोटमा पुग्न सफल भएको थियो । त्यही वर्ष उनले आईसीसी विश्वकप छनोटमा दोश्रो स्थान दिलाउँदै नेपाललाई यु १९ विश्वकपमा पुर्याएका थिए ।
२०१२ मा नेपालले यु १९ विश्वकप खेल्दा उनी सहायक प्रशिक्षकको भूमिकामा थिए । टमाटाकै प्रशिक्षणमा सन् २०१५ को यु १९ विश्वकप छनोटमा नेपाल विजेता बन्दै बंगलादेशमा भएको २०१६ यु १९ विश्वकपमा छनोट भएको थियो । युवा विश्वकपको त्यो संस्करणमा नेपाल पहिलो पटक क्वाटरफाइनल पुगेको थियो ।
उनकै प्रशिक्षणमा नेपाल सन् २०१८ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल पुग्न सफल हुँदै एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । जिम्बाब्वेमा आयोजित विश्वकप २०१८ छनोटमा नेपाल आठौं स्थान हासिल गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको लायक बन्दा टमाटा नै प्रशिक्षक थिए ।
दुई पटक एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट प्रशिक्षक सम्मान जितिसकेका टमाटा पूरा दशकभरि नेपाली खेलकुदलाई सफलताको बाटोमा डोर्याएवापत मंगलबार दशकको उत्कृष्ट प्रशिक्षक पुरस्कारबाट सम्मानित भए । सम्मानसँगै टमाटाले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।









प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा
एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर
राजनीतिक दलसहित सबै पक्षलाई सहमतिमै लगेर निर्वाचन सम्पन्न गर्छाैं : मन्त्री अर्याल
पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु
पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया