व्यवसाय प्रवर्द्धन गर्न सरकार प्रयत्नशील छ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले स्वदेशी उद्योग र व्यवसायलाई प्रवर्द्धन गर्ने, संरक्षण गर्ने र आय आर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताएका कन्।
वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीसँग मंगलबार गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवर्द्धन गर्न सके मात्रै राज्यलाई राजश्व बढ्ने र त्यसले सरकारको आर्थिक वर्षको बजेटमा बढोत्तरी गर्न मद्दत पुग्ने बताए ।
‘व्यवसायीले भोग्नु परिरहेका समस्या समाधान गर्न सरकार तयार छ, ऐन कानुन अनुरुप हामीले समस्या समाधान गरेर सहज व्यवसाय गर्ने वातावरण निर्माण गर्न हामी लागिरहेका छौँ, तपाईहरूलाई दुःख दिने हाम्रो मनसाय छैन,’ गृहमन्त्री खाँणले भने, ‘आफ्ना समस्या समाधान उद्योगी व्यवसायी पनि प्रतिबद्ध रहनु पर्छ ।’
उनले सरकार उद्योग र व्यवसायप्रति सदभाग राख्ने र सहयोगी बन्ने बताए । उद्योगी व्यवसायीहरूले पनि राज्यले अवलम्बन गरेका नीति र बनाएका कानुन अनुरुप उद्योग व्यवसाय सञ्चालन गरेर सरकारले सहयोग गर्नु पर्ने बनाएका थिए ।
भेटमा वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जमा उद्योगी व्यवसायीहरूले भोग्नु परिरहेका समस्याबारे अवगत गराएका थिए ।
औषधिको मूल्य ७–८ वर्षदेखि पुनरावलोकन नभएको, भन्सार र बोर्डर चुस्तदुरुस्त नभएको, बोर्डरमा सुरक्षा व्यवस्था कडा नभएको, आन्तरिक ओसार–पसारमा सुरक्षाकर्मीले धेरै चासो दिएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका थिए । जवाफमा गृहमन्त्री खाँणले समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

















ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
पार्टी हारपछी मकवानपुर एमाले अध्यक्षले गरे राजीनामा घोषणा
सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवसः अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
डोल्पामा नेकपाका बुढा विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिक्रिया