सिटिजन्स बैंकको वार्षिकोत्सवमा आर्थिक सहयोग

काठमाडौँ । सिटिजन्स बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताललाई नौ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । आगामी वैशाख ७ गते बैंकले १५ औँ वार्षिकोत्सव मनाउँदै छ ।
यस क्रममा बैंकले जाजरकोट जिल्लाको श्री हरिशिव प्राथमिक विद्यालय, श्री कालिका प्राथमिक विद्यालय, सिमिकोटको श्री बालमन्दिर माध्यमिक विद्यालय तथा श्री मानसरोवर माध्यमिक विद्यालय, डोल्पाको श्री बालमन्दिर आधारभूत विद्यालय, श्री गौरी आधारभूत विद्यालय तथा श्री आदर्श माध्यमिक विद्यालय, मुगुको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिरलाई ५० हजार रुपैयाँले आर्थिक सहयोग गरेको हो ।
यस्तै, जुम्लाको श्री जनता माध्यमिक विद्यालय ९प्राबिधिक धार०लाई एक लाख रुपैयाँ, हुम्लाको श्री लालिगुँराश मा.वि, श्री कोट मा.वि तथा श्री हिमज्योती मा.वि ३३ हजार ३३३ रुपैयाँका दरले रकम हस्तानतरण गरेको छ । साथै बैंकले विभिन्न संघ संस्थालाई आर्थिक सहयोग गरेको छ ।

















गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
रुसमाथि लगाएको प्रतिबन्ध अन्त्य गर्न युरोपेली सङ्घसँग हङ्गेरीको आग्रह
१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया