करिब ८० अर्ब रुपैयाँको तेल भारत निर्यात
मेरोन्यूज
२०७८ चैत ८ गते २१:२१
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले भारतमा ८० अर्ब रुपैयाँभन्दा बढीको तेल निर्यात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा नेपालले भारतमा ८० अर्ब ३५ करोड ४६ लाख ३६ हजार रुपैयाँको तेल पठाएको हो ।
पछिल्लो आठ महिनामा नेपालले विभिन्न देशमा कूल एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । निर्यात गरेकोमध्ये आधाभन्दा बढी हिस्सा तेलले ओगटेको छ ।
यस वर्ष नेपालले भारतमा ४१ अर्ब ४० करोड १७ लाख ८१ हजार रुपैयाँको प्रशोधित भटमास तेल पठाएको छ । यस्तै, सोही अवधिमा ३५ अर्ब ३३ करोड ८० लाख ७६ हजार रुपैयाँको पाम तेल नेपालबाट भारत गएको छ ।
यस वर्ष ३ अर्ब ६१ करोड ४७ लाख ७९ हजार रुपैयाँको सनफ्लावर तेल पनि भारतमा निर्यात भइसकेको छ ।
सम्बन्धित

















समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
पर्वतमा समानुपातिकतर्फ रास्वपाकै फराकिलो बहुमत
राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए शपथ
बालेनको निर्वाचन खर्च १४ लाख १७ हजार
गुल्मीमा खोलामा डुबेर एक युवकको मृत्यु
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया