शुक्रबार, पुष १८, २०८२

कर्कटको आज धन लाभको योग, तपाईंको राशिफल कस्तो ?

मेरोन्यूज २०७८ चैत ९ गते ६:४७

काठमाडौं । आज मिति ९ चैत २०७८, बुधबार । तद्नुसार मार्च महिनाको २३ तारिक २०२२ । फागुनकृष्णपक्ष षष्ठी तिथि, गर करण, अनुराधा नक्षत्र, व्रज योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः०७ मा भएको छ भने सूर्यास्त ६ः१६ मा हुनेछ । आजको देवता वरुण र ग्रहदेव चन्द्र रहेको छ । बुधबारको दिन घर गृहस्थसम्बन्धी कार्य गर्दा शुभ हुनेछ ।

मेष
तपाईले गर्नुभएको सत्कार्यबाट सम्मान मिल्न सक्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । तपाईको मन प्रवल हुनेछ ।

वृष
आजको दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्ठी रहन सक्छ । लामो यात्राको लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु वेश हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने तपाईको लागि यात्रा फलदायी हुनेछ ।

मिथुन
मिथुन राशिका ब्यक्तिका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यहरुबाट तपाईले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन विहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्क
धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा तपाईलाई खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह
तपाईको मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नैं वेश हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नैं वेश हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नैं वेश हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला।

कन्या
व्यापारबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला
आजको दिन सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । व्यापार ब्यबसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला ।

वृश्चिक
व्यापारबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै असक्तहरुलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ ।

धनु
तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा प्राप्त हुनेछ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली हुनेछ ।

मकर
आजको दिन आफ्नो आम्दानीको केही प्रतिशत भएपनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ ।

कुम्भ
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन
आज सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । नयाँ पुस्तक खरिद गर्दा मनमा हर्ष छाउने छ।

प्रतिक्रिया