इलाममा ९ लाख मुल्य बराबरको छुर्पी बरामद
मेरोन्यूज
२०७८ चैत ९ गते ७:३८

इलाम । इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ ।
रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो ।
प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो ।
जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।रासस
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया