फिस्टुला रोगको उपचार निःशुल्क

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रसव फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ । मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ । यस रोगको पहिचानसँगै उपचारसम्बन्धी कार्यविधि निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गरेको छ । बिरामीले निःशुल्क उपचार पाउन थालेका छन् भने कार्यविधिमा कुरुवाका लागि निःशुल्क सेवा दिनका लागि मुख्यमन्त्री कार्यालयमा पेस गरिएकोे मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिए। उहाँका अनुसार प्रसूति हुने समयमा लामो व्यथा लाग्नु वा सामान्य सुत्केरी हुन नसक्ने अवस्थामा बल परेर पिसाब थैली वा मलाशयमा दबाब परेर प्वाल पर्ने हुन्छ ।
समयमा उपचार भएन भने पिसाब वा दिसा निरन्तर आइरहने समस्या हुनेलाई प्रसव फिस्टुला रोग भन्ने गरिन्छ । यो रोग भएका बिरामीहरुको दुर्गन्ध आउने भएकाले समाजमा लुकेर बस्ने गर्दछन् । लुकेर बसेका बिरामीहरुलाई ल्याएर शून्यमा झार्ने लक्ष्यका साथ प्रदेश सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको विज्ञ रमेश अधिकारीले जानकारी दिए। कार्यक्रम सुरु हुँदै गर्दा मन्त्रालयले यस रोगका बारेमा जानकारी गराउन आज भरतपुरमा एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।
जिल्लामा रहेका सात पालिकामा स्वास्थ्य शाखाप्रमुखहरु एवं प्रतिनिधिसँग गरिएको अभिमुखीकरण कार्यक्रममा मोडल अस्पतालकी प्रसूति रोग विशेषज्ञ डा रञ्जना श्रेष्ठले रोगका बारेमा जानकारी दिनुभएको थियो । रोग लागिसकेपछि यसको निराकरण कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले यो रोगको समाधान शल्यक्रियाबाट मात्रै हुन सक्ने बताएका छन। अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय योजना शाखाका दीपक तिवारी, दुर्गा चापागाईं लगायतले बोलेका थिए ।
















ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया