गठबन्धनमा तालमेल भए एमालेलाई फाइदा : नेता भट्टराई

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा आफ्नो पार्टीलाई हुने बताएका छन् ।
एमालेको जारी केन्द्रीय कमिटी बैठक स्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्य दिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाए । उनले स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीय स्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने पनि स्पष्ट गरे ।
उनका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनु पर्ने आह्वान गरिएको छ । प्रतिवेदनमा स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टीप्रति प्रतिबद्ध, विगतको निर्वाचनमा विजय हासिल गरेको भए निजले गरेका काम राम्रो हुनु पर्ने, चारित्रिक हिसाबले असल र क्षमतावान् हुनु पर्ने मापदण्ड प्रस्ताव गरिएको उनले जानकारी दिए ।
बैठकमा विभिन्न प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्दै पार्टी तल्लो तहसम्म पुनः संगठित भएको र विभाजनको खासै असर नपरेको अवगत गराएका छन् ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया