सोमबार, माघ ५, २०८२

इजाजत लिएका हतियार बुझाउन रसुवा प्रशासनको आग्रह

मेरोन्यूज २०७८ चैत ११ गते ६:३३

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् ।

Advertisement
thakur moters insidethakur moters inside

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनले बताए ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो विश्वसनिय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको उनले बताए । तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम भै जाने समेत उनले बताए ।

प्रतिक्रिया