कान्तिपुर डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ ।
उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् ।
कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दाँत उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ ।
चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दात उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध जाहेरी दिएका थिए ।
चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका पीडितको आरोप छ ।
दाँत उखेलिसकेपछि अत्यधिक रक्तस्राव हुँदा रानी सिंहलाई जनकपुर लगिएको थियो । प्रादेशिक अस्पताल जनकपुरमा अत्याधिक रक्तस्रावकै कारण सिंहको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।
अनुसन्धानका लागि समेत प्रहरीले बुझ्न खोज्दा आरोपित महतो उपस्थित हुन नसकेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । फरार सूचीमा रहेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।














प्रधानमन्त्रीले दिइन् सोनाम ल्होछारको शुभकामना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया