आइतबार, माघ ११, २०८२

पौडैल समूहको निष्कर्ष:

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको निर्णय सम्बन्धित कार्यसमितिलाई दिऔं

मेरोन्यूज २०७८ चैत ११ गते १२:५५

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको निर्णय सम्बन्धित कार्यसमितिले नै गर्न पाउनुपर्ने निष्कर्ष निकालेको छ । पौडेल निवास बोहराटारमा शुक्रबार बिहान बसेको उक्त समूहको बैठकले चुनावी तालमेललाई सैद्धान्तिक रुपमा ठीक रहेको भन्दै स्वीकार गर्ने विषयमा छलफल भएको बैठकमा उपस्थित सिन्धुपाल्चोकका पुर्व जिल्ला सभापति विकास लामाले जानकारी दिए । उनले भने,‘स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको निर्णय सम्बन्धित कार्यसमितिले दिनुपर्ने वैठकमा उठेको छ,सोही कुरा आजको केन्द्रीय समिति बैठकमा लैजाने कुरा भएको छ ।’
चुनावी तालमेललाई सैद्धान्तिक रुपमा ठीक रहेको भन्दै स्वीकार गर्ने तर स्थानिय तहको तालमेलका निर्णय स्थानिय कार्यसमितिले गर्ने विषयमा छलफल भएको हो ।
पार्टीको विधानअनुसार आसन्न निर्वाचनमा उम्मेदवारहरूलाई टिकट वितरण गर्नुपर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी अर्का एक नेताले बताए ।
बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यसमेत रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्यद्वय सदस्य बलबहादुर केसी, दीपक गिरी लगायत गरेर करिब ९० जना विभिन्न जिल्लाका जिल्ला सदस्यहरुको उपस्थित थियो ।

प्रतिक्रिया