‘हवल्दार हुँ’ भन्दै सुनचाँदी लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ

महोत्तरी । प्रहरी हवल्दार बताउँदै सुनचाँदी लुटपाट गर्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । बर्दिबास-१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।
बर्दिबासस्थित सुनचाँदी पसलहरुले बनाउन अर्डर दिएको सुनचाँदी पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स झापा लैजाने क्रममा प्रहरी हुँ भन्दै झण्डै १३ केजी सुनचाँदी लुटपाट गरेको ठाकुरमाथिआरोप लागेको छ ।
८ चैतमा पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले हायस गाडीमा उक्त सुनचाँदी लैजाने क्रममा मोरङको बेलबारी नगरपालिका वडा न.४ सिमसार क्षेत्रबाट प्रहरी हवल्दार भएको बताउँदै सुनचाँदी बोकेको झोला लिएर ठाकुर भागेका थिए ।
`प्रहरी हवल्दार हु तेरो साहुलाइ प्रहरी कार्यालयमा पठाइदे भन्दै मैले बोकेको झोला नै उनले लगेका थिए ´, कालिकोटेले भने ।
कागजातसहित सुनचाँदी प्रहरीले नै नियन्त्रण लिएको हुनसक्ने भन्दै बेलबारी प्रहरी कार्यालय पुग्दा बल्ल चोरी भएको थाहा पाएको कालिकोटेले बताए ।
कालिकोटेको बयान र जाहेरीको आधारमा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय वेलबारीको टोलीसमेत बर्दिबास आइपुगेको थियो ।
इलाका प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलबारीको सयुक्त टोलीले अनुसन्धानको क्रममा ठाकुरको घरमा खानतलासी भएको थियो ।
खानतलासीको क्रममा उन्को घरवाट १२ केजी ८८२ ग्राम सुनचाँदी बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
आरोपित ठाकुरलाइ इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरि बेलबारी प्रहरीलाइ बुझाएको छ । ठाकुरलाइ प्रहरी हिरासतमा नै राखेर थप अनुसन्धान गर्ने प्रक्रिया अगाडी बढाइएको बेलबारी इलाका प्रहरीले जनाएको छ ।















नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
प्रतिक्रिया