दीपेन्द्र एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली

काठमाडौं । नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी एकदिवसीय क्रिकेटमा शतक बनाउने तेस्रो नेपाली ब्याटर बनेका छन् ।
यसअघि नेपालबाट पूर्व कप्तान पारस खड्काले सन् २०१९ मा पारस खड्काले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एक सय १५ र रोहितकुमार पौडेलले शुक्रबार भएको पिएनजीविरुद्धको खेलमा एक सय २६ रन बनाएका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा दीपेन्द्रले एक सय ३६ बलमा ६ चौकासहित १०० रन पूरा गरे । एकदिवसीय क्रिकेटमा यो दीपेन्द्रको पहिलो शतक हो ।
यसअघि दीपेन्द्र र देव खनालले नेपालबाट कीर्तिमानी एक सय २९ रनको साझेदारी गरेका थिए । देव ७२ रनमा पभेलियन फर्किए ।
अहिले क्रिजमा दीपेन्द्रलाई २४ रन बनाएका भिम सार्कीले साथ दिइरहेका छन् । टस जितेर ब्याटिङमा आएको नेपालले हाल ४६.३ चार विकेट गुमाएर दुई सय ४२ रन बनाएको छ ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया