एलआरआई शैक्षिक प्रदर्शनी भव्यताका सम्पन्न

काठमाडौँ । एलआरआई स्कुलको उच्च माध्यमिक विद्यार्थी परिषदको इन्नोभेषन क्लब कलंकीले आयोजना गरेको एक दिने विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ ।
विद्यालयका प्राचार्य डा. देवकान्त जोशीले उद्घाटन गरेको प्रदर्शनीमा विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीहरूले विज्ञान, औद्योगिक प्रदर्शनीअन्तर्गत हेक्जापड, थ्रिडी प्रिन्टेड रोबोटिक आम, रोबो ब्याटल, रोभर, ड्रोनलगायत आधुनिक सामाग्री प्रदर्शन गरेका थिए ।
सामाजिक प्रदर्शनीमा छाउपडी प्रथाविरुद्धको जनचेतनामूलक सामग्रीसमेत प्रस्तुत गरिएको थियो । विगत दुई वर्षदेखि कोरोना महामारीले नियमित रुपमा विद्यालय सञ्चालन हुन नसक्दा विद्यार्थी प्रयोगात्मक तथा सिर्जनात्मक सिकाईबाट बञ्चित भएका थिए ।
सिकाईको सशक्त माध्यम मानिएको प्रयोगात्मक शिक्षण प्रणालीलाई निरन्तरता दिन स्कुल तथा विद्यार्थीहरूले छोटो समयमा निकै नै मेहनत गरेको संयोजक ध्रुब खड्काले बताए । यस प्रकारको प्रदर्शनीले विद्यार्थीहरूबीच अन्तर विद्यालय ज्ञान तथा सिप आदानप्रदान भई रचनात्मक सिर्जनसिलता वृद्धि हुने बताउँदै एलआरआईका संस्थापक यसरेखा पन्तले आगामी दिनमा प्रदर्शनीलाई थप प्राथमिकताका साथ अगाडि बढाउने बताइन् ।
रचनात्मक र सिर्जनात्मक ढंगका क्रियाकलाप प्रयोगात्मक रुपमा निर्माण गरी प्रस्तुत शैक्षिक प्रदर्शनीले विद्यार्थीहरूको बौद्विक क्षमता र ज्ञान, सिपको विकासमा थप टेवा पुग्ने अवलोकनकर्ताहरूले बताएका छन् ।
विद्यालय परिसरमा आयोजना गरिएको सो प्रदर्शनीमा राजधानीका १८ विद्यालयका एक हजार ७०० विद्यार्थीहरूले अभिरुचीपूर्वक अवलोकन गरेको संस्थाका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले जानकारी दिए ।

















बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री कार्की
काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
China FM blasts Middle East war, urges US to manage ties
उदयपुर– १ मा रास्वपाका पारसमणि गेलाल विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिक्रिया