एलआरआई शैक्षिक प्रदर्शनी भव्यताका सम्पन्न

काठमाडौँ । एलआरआई स्कुलको उच्च माध्यमिक विद्यार्थी परिषदको इन्नोभेषन क्लब कलंकीले आयोजना गरेको एक दिने विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ ।
विद्यालयका प्राचार्य डा. देवकान्त जोशीले उद्घाटन गरेको प्रदर्शनीमा विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीहरूले विज्ञान, औद्योगिक प्रदर्शनीअन्तर्गत हेक्जापड, थ्रिडी प्रिन्टेड रोबोटिक आम, रोबो ब्याटल, रोभर, ड्रोनलगायत आधुनिक सामाग्री प्रदर्शन गरेका थिए ।
सामाजिक प्रदर्शनीमा छाउपडी प्रथाविरुद्धको जनचेतनामूलक सामग्रीसमेत प्रस्तुत गरिएको थियो । विगत दुई वर्षदेखि कोरोना महामारीले नियमित रुपमा विद्यालय सञ्चालन हुन नसक्दा विद्यार्थी प्रयोगात्मक तथा सिर्जनात्मक सिकाईबाट बञ्चित भएका थिए ।
सिकाईको सशक्त माध्यम मानिएको प्रयोगात्मक शिक्षण प्रणालीलाई निरन्तरता दिन स्कुल तथा विद्यार्थीहरूले छोटो समयमा निकै नै मेहनत गरेको संयोजक ध्रुब खड्काले बताए । यस प्रकारको प्रदर्शनीले विद्यार्थीहरूबीच अन्तर विद्यालय ज्ञान तथा सिप आदानप्रदान भई रचनात्मक सिर्जनसिलता वृद्धि हुने बताउँदै एलआरआईका संस्थापक यसरेखा पन्तले आगामी दिनमा प्रदर्शनीलाई थप प्राथमिकताका साथ अगाडि बढाउने बताइन् ।
रचनात्मक र सिर्जनात्मक ढंगका क्रियाकलाप प्रयोगात्मक रुपमा निर्माण गरी प्रस्तुत शैक्षिक प्रदर्शनीले विद्यार्थीहरूको बौद्विक क्षमता र ज्ञान, सिपको विकासमा थप टेवा पुग्ने अवलोकनकर्ताहरूले बताएका छन् ।
विद्यालय परिसरमा आयोजना गरिएको सो प्रदर्शनीमा राजधानीका १८ विद्यालयका एक हजार ७०० विद्यार्थीहरूले अभिरुचीपूर्वक अवलोकन गरेको संस्थाका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले जानकारी दिए ।













तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया