चीनको सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन गरिने
मेरोन्यूज
२०७८ चैत १४ गते ७:५७

बेइजिङ । बेइजिङ—चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ ।सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो ।
त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख हटस्पट बनेको छ ।
चीनमा आइतबार एकै दिन कोभिडका ४ हजार ५ सय संक्रमित देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा १ हजार कमी हो ।
संक्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनले लाखौँ मानिस प्रभावित भएका छन् ।
सम्बन्धित
















मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
पर्वतमा ८ वर्षमा २०४ किलाेमिटर सडक कालोपत्र
राष्ट्रिय सभा निर्वाचनः अहिलेसम्म कहाँ कति खस्यो मत ?
5 people dead in south India fire incident
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया