बैसाखी टेकेर होइन मिलेर चुनावमा आउन ओलीको आग्रह

कपिलवस्तु । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैसाखी टेकेर एमालेसँग लड्न नसकिने बताएका छन् । उनले गठबन्धनप्रति लक्षित गर्दै बैसाखी टेकेर मात्र होइन सबै मिलेर आए पनि एमालेसँग नसक्ने बताएका हुन् ।
एमाले कपिलवस्तुले सोमबार आयोजना गरेको पार्टी प्रवेश तथा वृहत् जनसभामा बोल्दै अध्यक्ष ओलीले बलियो साँढे नेपाली कांग्रेसले बैसाखी टेकेर दायाँ र बायाँ गरेको बताए । उनले एमालेले जिते मात्र राष्ट्र समृद्ध हुने दाबी गरे । सम्बोधन गर्दै नेता ओलीले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मुलुकमा परिवर्तन आउने बताए ।
उनले धेरै समय आफ्नो कार्यकालमा भएका कामको चर्चा गरेका थिए । उनले प्रधानमन्त्री हुँदा विकासको लहर चलेको बताउँदै हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य जस्ता देश विकासको योजना आफ्नो पालामा भएको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष विष्णु पौडेलले एमालेको खबरदारीले स्थानीय तहको निर्वाचन हुन लागेको बताए । उपाध्यक्ष पौडेलले स्थानीय निर्वाचनमा एमालेलाई हराउन कसैसँग तागत नभएको दाबी गरे ।
एमाले महासचिव शंकर पोखरेलले सम्बोधनका क्रममा ओलीको परिकल्पनाअनुसार नेपालको विकास हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै एमाले सचिव टोप बहादुर रायमाझीले एमालेप्रति जनताको विश्वास बढेको बताए ।
एमाले प्रवेशपछि बोल्दै संघीय सांसद वृजेश कुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको बताए । अब समग्र मधेसमा एमालेले स्थानीय तहको निर्वाचन जित्नेसमेत उनको भनाई थियो ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया