‘भीमेश्वर नगरपालिकामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर’

नेपाल बैंकले आफ्नो ५० औं एक्सटेन्सन काउन्टर दोलखा चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के।सी।ले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि महालेखा नियन्त्रक एवं बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले काठको कन्तुरबाट शुरु भएको बैंकको इतिहास डिजिटल बैंकिङसम्म आईपुगेको र बैंकले बढ्दो प्रतिस्पर्धामा आफुलाई अब्बल राख्न सामिप्यताको सिद्घान्त अबलम्वन गरेको बताए।
उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जिजु बाजेको बैंकले नाति पनातिको पुस्तालाई जोड्न सकेकोमा खुसी व्यक्त गरे । त्यसैगरी भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के।सी।ले नगरपालिका भित्रका नागरिकलाई गुणस्तरीय एवं छिटो छरितो सेवा प्रदान गर्न कार्यालय परिसर भित्रै बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिएको र बैंकको एक्सटेन्सन काउन्टर स्थापनाले समृद्घ भीमेश्वर स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैंकका प्रमुख कार्याकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले भीमेश्वर नगरपालिकाका नागरिकलाई उच्च प्राथमिकतामा राखी कार्यालय परिसरमा नै एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको र यसले बैंक र नगरपालिका बीचको सम्बन्धलाई थप उचाईमा पु¥याउने छ भन्ने विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी नेपाल बैंक लिमिटेडका प्रमुख कार्याकारी अधिकृत श्री कृष्णबहादुर अधिकारीले नेपाल बैंकले भीमेश्वर नगरपालिकाका नागरिकलाई उच्च प्राथमिकतामा राखी कार्यालय परिसरमा नै एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको र यसले बैंक र नगरपालिका बीचको सम्बन्धलाई थप उचाईमा पु¥याउने बताए ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया