लमजुङका ४१ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप
मेरोन्यूज
२०७८ चैत १९ गते ११:२८

लमजुङ । लमजुङका ४१ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले २५ देखि ३० चैतसम्मको अवधिमा बालबालिकामा उक्त खोप लगाउने तयारी गरेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।
उनका अनुसार जिल्लामा रहेका ४१ हजार २ सय १६ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइनेछ ।
सरकारले २५ चैतदेखि १८ वैशाखसम्म खोप अभियान गर्ने भए पनि लमजुङमा भने ६ दिनमात्र गर्ने भएको हो । मुख अमर दवाडीका अनुसार १५ महिनादेखि ५ वर्षमुनिका पाँच हजार ७०५ जना र विद्यालयमा रहेका १५ वर्षसम्मका ३५ हजार ५११ जना बालबालिकालाई खोप दिइने भएको हो ।
खोप अभियानमा ९८२ स्वयंसेवक परिचालन गरिनेछ । लमजुङमा विगत तीन वर्षको तथ्यांकानुसार बर्सेनि तीन हजार मानिसहरूमा टाइफाइड भएको पाइएको छ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया