युक्रेनको बुचा शहरमा जहाँतही शव फेला
मेरोन्यूज
२०७८ चैत २० गते ८:१७
काठमाडौँ । युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरको सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । उक्त शहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो ।
फेला परेका २० ओटै शव पुरुषहरूको रहेको बताइएको छ । तीमध्ये एउटा शवको दुवै हात पछाडि बाँधिएको थियो । शवहरू राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए । मृत्युका कारण प्रष्ट हुन सकेको छैन । यद्यपि, एक जनाको टाउकोमा ठूलो चोट लागेको थियो ।
राजधानी किभलाई घेरा हाल्ने प्रयास बिफल भएपछि रुसी फौज किभनजिकैका धेरै शहरहरूबाट फर्किएको छ भने युक्रेनले बुचा ‘स्वतन्त्र’ भएको घोषणा गरेको छ । तर, युद्धले शहर ध्वस्त बनेको छ । अपार्टमेन्ट ब्लकहरू गोलाबारीले छिया छिया बनेका छन् ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया