पर्यटकको पर्खाइमा मुगुका सामुदायिक होमस्टे

मुगु । मुगु भन्ने बित्तिकै पर्यटकीय सम्भावना बोकेको जिल्ला र रैथाने अर्गानिक बाली उत्पादन हुने ठाउँ भनेर धेरैले चिन्छन् । मुगु आउनले पर्यटक यहाँका रमणीय पर्यटकीय स्थल घुमेर अघाउँदैनन् । रैथाने खाद्यन्नको स्वाद जीवनभरका लागि बोकेर फर्कन्छन् ।
मुगु आउने पर्यटक रारा ताललाई प्राथमिकतामा राखेर आए पनि फर्कने बेला भनेर मुगुको अर्कै तस्बिर बोकेर फर्कन्छन् । यहाँ रारा ताल मात्रै छैन, रारा जस्तै दर्जनौं पर्यटकीय स्थल पर्यटकको पर्खाइमा छन् । यिनै पर्यटकीय स्थलका साथै मुगुका सामुदायिक हामेस्टेहरू पर्यटकको पर्खाईमा छन् ।
मुगुमा एक नगरपालिकासहित तीन गाउँपालिका छन् । तिमध्ये कार्मारोङ्ग गाउँपालिका पुग्ने पर्यटक धेरै हुन्छन् । यस गाउँपालिकाको वडा नम्बर ८ मा रहेको माग्री गाउँमा कार्मारोग सामुदायिक होमस्टे सञ्चालनमा छ ।
व्यवसायमा चौपटमा
पछिल्लो समय सामुदायीक होमस्टेमा पर्यटक नआउँदा सुनसान बनेका छन् । माग्री गाँउमा केही वर्ष पहिला सन्चालन गरिएका दुई दर्जनभन्दा बढी सामुदायिक होमस्टे हिजोआज पर्यटक नआउँदा व्यवसाय चौपटमा परेको छ ।
विगतका वर्षहरूमा होमस्टेमा ओइरो लाग्ने गरेको पर्यटक आजभोलि पुग्न सकेका छैनन् । पहिला रारा घुम्न आउने पर्यटकहरू एक अवश्य पनि मुगमकामारोङ्ग गाउँपालिकामा रहेका कोइकी हिमाल, छायानाथ मन्दिर, तिहार गुम्बा, ऋणमोक्ष मन्दिर, त्यहाँको लामा समुदायको रितिरिवाज, चाल चलन, साँस्कृतिकलगायत अन्य पर्यटक स्थलहरूमा अवलोक गर्न सकिन्छ ।
जङ्गली जनावर, वन्यजन्तु, वनस्पति आदिको अवलोकन र घुम्न आउने पर्यटकहरूलाई बास बस्न सकस पर्ने हुँदा उनीहरूलाई लक्षित गरी माग्री गाउँमा लाखौं खर्चेर सामुदायीक होमस्टे बनेको थियो । तर, महामारी र अन्य कारणले होमस्टे बन्द भई व्यवसायनै चौपटमा परेको होमस्टे सञ्चालक पेमा कुन्साङ्ग तामाङ्गले बताइन ।
रैथाने बाली पहिलो प्राथमिकतामा
होमस्टेमा आउनेहरूलाई आरमदायी बाससँगै स्थानीय उत्पादन फापर, कोदाको रोटी, सिस्नो, नाफल, आलु, कागुनो, चिनोबाट बनाएको ढिडो, रोटी, भात, खुवाउने र स्थानीय साँस्कृतिक रीतिरिवाजको प्रदर्शनी समेत गर्ने गुम्बा, मठ मन्दिर, हिमाल, वन्यजन्तु, वनस्पति अवलोकान समेत गराउने स्थानीय होमस्टे सन्चालकहरूको बुझाइ छ ।

















हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु
७ जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
Slight increase in gold, silver prices
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया