फुकुवा होला, निलम्वित सांसद हरिनारायण रौनियारको निलम्बन ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का एक जना सांसद २०७५ असोज देखि निलम्बनमा छन् । सांसद हरिनारायण रौनियार विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएपछि उनी निलम्बनमा परेका हुन् । पप्पु कन्स्ट्रक्सनका अध्यक्षसमेत रहका रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा १९ असोज, २०७५ मा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।
त्यसपछि सांसद रौनियार २० असोज, २०७७ मा निलम्बन गरिएको आफनो सांसद पदको फुकुवाको माग गर्दै सर्वोच्च पुगेका हुन् । उनको रिटमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २२ असोज, २०७७ सालमा संघीय संसद् सचिवालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । र, रिटलाई अग्राधिकार दिने निर्णय गरेको थियो । त्यस यता सर्वोच्चले रिटमा ९ पटक पेसी त तोक्यो तर हरेक पटक ‘हेर्न नमिल्ने’ सूचीमा राख्यो ।
उक्त रिटको सुनुवाइ आज पनि हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा आजलाई रिटको पेसी तोकिएको छ ।
पप्पु अध्यक्ष रहेको निर्माण कम्पनीले देशभर पुलको ठेक्का अलपत्र पारेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको हो । २०७४ सालमा भएको संघीय निर्वाचनमा उनी पर्सा क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।
आजको रिटको सुनुवाई पछि के रौनियारको सांसद पद फुकुवा होला त ? चासो वढेको छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया