नयाँ वर्षमा शाओमीको “मि मा डबल मज्जा” अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि द्धब् टेलिभिजन जित्न सक्नेछन् ।
प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ जसले गर्दा नयाँँ टिभि किन्न चाहने उपभोक्ताहरुको लागि बजारमा यो भन्दा राम्रो विकल्प छैन । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले “मि मा डबल मज्जा” अफर ल्याएको छ ।
यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्नेे एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्र मार्फत ४०” को मि द्धब् टेलिभिजन जित्न सक्नेछन् ।
मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको ४००० भन्दा बढी एपहरु सपोर्ट गर्छ । यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो जसले गर्दा च्यानल चेन्ज गर्न टिभिमै रिमोट पोइन्ट गरी राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्छ ।
साथै यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टिभि हेर्दा पनि अरु टिभिमा भन्दा ४०% बढी डेटा बचत गर्छ । मि टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो ।
बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टिभि किने पनि उही फिचरहरु भएकोले गर्दा सानो टिभि किने पनि ठुलो टिभिमै जस्तो सम्पूर्ण फिचरहरुको मज्जा लिन सकिन्छ । यसको बजार मुल्य रु. २९,९००/– देखि १,०९,९९/– सम्म रहेको छ । यो अफर चैत्र १८ गते देखि वैशाख ३१ गते सम्म लागु हुनेछ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया