आजको मौषम: यी तीन प्रदेशमा वर्षाको सम्भावना
मेरोन्यूज
२०७८ चैत २२ गते ७:४०

काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही मुलुकका अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को पहाडी भूभागका थोरै स्थान र बागमती तथा गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया