स्थानीय तह निर्वाचन-२०७९
यी हुन् निर्वाचन आयोगले दलहरुलाई दिएको ६० बुँदे निर्देशन (पुर्णपाठ)
उम्मेदवारले पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले प्रयोग गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।
मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरुले गर्न नहुने कामका बारेमा ६० बुँदे निर्देशन दिएको हो ।
आयोगको निर्देशन अनुसार दलहरुले कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन पाउने छैनन् । यस्तै कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन पाइने छैन ।
यसैगरी सभा वा भेला र भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि वाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग नगर्न पनि आयोगले भनेको छ ।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको निम्ति दर्ता भएका राजनीतिक दलहरुले आयोगमा उपस्थित भई आचारसंहिता कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गरेका आयोगले जनाएको छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया