डाक्टर मृत्यु प्रकारण : दोषीलाई कडाभन्दा कडा कार्वाही नगरे आन्दोलन गछौं

सप्तरी । सप्तरीको विष्णपुर गाउँपालिका (खुरुहुरिया) यदुनन्दन यादवका छोरा डा. विजय यादवको हत्याको घटनाको छानबिन गरि दोषीलाई तत्काल कारबाहीको माग गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
मंगलबार सप्तरीबासीले गौतममार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । अर्थोपेडिक ३१ वर्षिया डा. यादव बिराटनगर स्थित नोबेल अस्पतालमा ३ वर्ष देखि कार्यरत थिए ।
हाडजोर्नीमा गुणस्तरीय स्टिल प्रयोग गर्नुपर्ने बिषयमा अस्पताल भित्रैका केही डा.संग बिवाद रहेको आपसी रिसिवीको कारण हत्या गरिएको हुन सक्ने आशंका रहेकाले जाँच गर्न ज्ञापनपत्रमा माग गरेको छ ।
घटनाको उच्चस्तरीय छानबिन गरि दोषीलाई कडाभन्दा कडा कार्वाही नगरे सप्तरीवासी चरणबद्ध आन्दोलनमा उत्रिने ज्ञापन पत्रमा बताईएको छ।
अस्पतालको छेउमै डेरा गरि बस्दै आएका यादवको २०७८ साल चैत १८ गते राति हत्या गरेर बस्तै आएको डेराको गेट शव राखिएको अबस्थामा शनिबार बिहान भेटिएको थियो ।
शवको नाक र मुखबाट रगत बगेको ,शरिरमा चोटपटक लागेको, एउटा खुट्टामा चप्पल लगाएको,अर्को खाली खुट्टा रहेको थियो।शव नजिकै लाईटर र महिलाले लगाउने चप्पल भेटिएकोले हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान समेत गरेको थियो ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया