शुक्रबार, पुष १८, २०८२

फेरि बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य, अब कुनको मुल्य कति ?

मेरोन्यूज २०७८ चैत २३ गते ८:०५

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले मूल्य बढाएर प्रतिलिटर १६० रुपैयाँ पुर्याएको छ ।
मट्टितेल र डिजेलको मूल्य पनि १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ। एलपी ग्यासको मूल्य पनि १६ सय प्रतिसिलिन्डर कायम गरिएको छ।
निगमले हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर ५ रुपैयाँले बढाई १५६ रुपैयाँ पुर्याएको छ। भने हवाइ इन्धन (अन्तर्राष्ट्रिय) तर्फ अमेरिकी डलर ५० ले वृद्धि गरी प्रतिकिलोलिटर १ हजार ५ सय ४५ कायम गरिएको छ।
निगमले पछिल्लोपटक गरेको मूल्य समायोजनपछि १ महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड हुने जनाएको छ। यो आवमा हालसम्म ३३ अर्ब हाराहारीमा नोक्सानी व्यहोरेको निगमको दाबी छ।
बढेको मूल्य मंगलबार राति १२ बजेदेखि नै कार्यान्वयनमा आएको छ।

प्रतिक्रिया