एक लाख घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
मेरोन्यूज
२०७८ चैत २३ गते १२:५४

काठमाडौं । एक लाख घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ परेका छन् ।
मंगलबार नापी कार्यालय, चावहिल अन्तर्गतको १ नं नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी र अमिन प्रकाशराज भट्टलाई १ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
केसी र भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटिई गएको टोलीले १ लाख रुपैयाँ लिइसकेको अवस्थामा सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको छ । उक्त घुस रकमसहित ललितपुर महानगरपालिका वडा नं.५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित
















कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया