शुक्रबार, पुष १८, २०८२

बालकोटस्थित सहकारीबाट नगद चोरी  

मेरोन्यूज २०७८ चैत २३ गते १७:३८


भक्तपुर।सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ ।सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ । 

सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया