मंगलबार, माघ १३, २०८२

७१ जना निर्वाचन अधिकृत फेरिए

मेरोन्यूज २०७८ चैत २४ गते २१:४१

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्वाचन अधिकृतमा नियुक्त गरिएका ७१ जनालाई निर्वाचन आयोगले हटाएको छ ।

स्वास्थ्य अवस्था जस्ता विविधले आयोगले दिएको जिम्मेवारी बहन गर्न असमर्थ ७१ निर्वाचन अधिकृतलाई हटाइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

निर्वाचन अधिकृतका लागि आयोगलाई प्राप्त भएको नामावलीबाट नयाँ ७१ जनालाई निर्वाचन अधिकृतमा नियुक्त गरिसकिएको छ ।

निर्वाचन अधिकृतमा नियुक्त भएकाहरूले २९ चैतदेखि जिम्मेवारी सम्हाल्दै छन्।

प्रतिक्रिया