कैलालीमा मोटरसाइकल ठोक्किदा दुई जना चालकको मृत्यु
मेरोन्यूज
२०७८ चैत २५ गते १२:२०

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुइओटा मोटरसाइकल ठोक्किदा दुवैजना चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
सुदुरपश्चिम प्रदेश ०२-००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७ ३० नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकलका चालकको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गएराती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर–५ का ३२ वर्षीय लोकेन्द्र पार्की रहेका छन् ।
घाइते भएका दुवै मोटरसाइकलमा पछाडी सवार व्यक्तिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका दुवैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया