कैलालीमा मोटरसाइकल ठोक्किदा दुई जना चालकको मृत्यु
मेरोन्यूज
२०७८ चैत २५ गते १२:२०

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुइओटा मोटरसाइकल ठोक्किदा दुवैजना चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
सुदुरपश्चिम प्रदेश ०२-००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७ ३० नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकलका चालकको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गएराती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर–५ का ३२ वर्षीय लोकेन्द्र पार्की रहेका छन् ।
घाइते भएका दुवै मोटरसाइकलमा पछाडी सवार व्यक्तिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका दुवैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
सम्बन्धित
















आज बुद्ध जयन्ती (वैशाख शुक्ल पूर्णिमा) मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया