संयुक्त राष्ट्रसंघमा सद्गुरुको सम्बोधन : तपाईंले जन्मिन बाँकी बच्चाको भोजन खोस्दै हुनुहुन्छ

काठमाडौँ । माटो जोगाऔँ अभियानको समर्थनमा जेनेभास्थित भारतको संयुक्त राष्ट्र मिशनमा चैत्र २२ गते आयोजित समारोहमा सम्बोधन गर्दै सद्गुरुले माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित गर्न आह्वान गरेका छन् ।
‘तपाईंहरूको आवाज कहाँ छ ? अब बोल्ने समय भएको छ’ उनले भने । माटो जोगाऔँ, यस धरतीको माटोलाई विनाश हुनबाट जोगाउनको निम्ति सद्गुरुद्वारा गत महिना शुरु गरिएको विश्वव्यापी अभियान हो ।
आफ्नो सय दिने यात्राका क्रममा १६ औँ दिनमा उनी रोमबाट जेनेभा पुगेका हुन् । ‘मैले यसबारे विगत ३० वर्षदेखि बोलिरहेको छु, सबैले भनिरहेका छन् कि निकै सानदार, तर यो अघि नबढी मर्ने छ,’ आफ्नो सम्बोधनको शुरुवातमा माटो जोगाउनको लागि भावपूर्ण अपिल गर्दै भने, ‘हाम्रो जीवन र हामी वरपर रहेका बाँकी सम्पूर्ण जीवनहरूको आधार माटो नै हो, यदि तपाईंले माटोमा मरेको कुरा हाल्नु भयो भने पनि, त्यसबाट जीवन अङ्कुरित हुन्छ, यस्तो अर्को कुनै पदार्थ छैन, साथै पूरै ब्रह्माण्डमा हामीलाई थाहा भएसम्म यस्तो अर्को कुनै स्थान छैन ।’
संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ कि द्रुत गतिमा माटो खराब भइरहेको हुनाले यसबाट निकै भयानक खाद्य संकट निम्तिन सक्छ । जसबाट अबको केही दशकमा पूरै विश्व निकै क्रुर द्वन्द्व र हिंसामा फस्न सक्छ ।
यस अभियानको उद्देश्य विश्वभरिका नागरिकलाई आफ्नो राष्ट्रमा माटोको विनाशलाई रोक्नेतर्फ आवाज उठाउनका लागि एकत्रित गर्नु हो ।
यो चुनौतीलाई तत्काल सम्बोधन गर्नु पर्नेमा जोड दिँदै सद्गुरुले भने, ‘विश्वभरि माटो खराब हुँदै गएको स्थितिलाई रोक्न र उल्टाउनको लागि नीति निर्माणको काम अहिल्यै हुनुपर्छ, न कि भोलि !’
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया