स्थानीय निर्वाचन : धादिङमा गठबन्धन भर्सेस् एमाले, कसको शक्ति कति ?
यस्तो छ २०७४ को मत परिणाम

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन अब ३४ दिन मात्रै बाँकी छ । चुनावी मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । स्थानीय निर्वाचनका लागि केन्द्रीय नेताहरू भोट माग्न गाउँ–गाउँमा पुगेका छन् । स्थानीय नेताहरू उम्म्ेदवार बन्ने रस्साकस्सी शुरु गरेका छन् । चुनावी अभियान लिएर केन्द्रीय नेताहरू जनताको दैलोमा पुगेका छन् ।
धादिङमा समेत स्थानीय तहको निर्वाचनले माहोल तताएको छ । जिल्लाका नेताहरू उम्मेदवारी हत्याउने दाउमा शक्ति केन्द्र धाउन थालेका छन् । टिकटको विषयमा कुटाकुट भएका समाचार आउनु सामान्या भएको छ । यससँगै गोलीसम्म चलेको छ । यसले निर्वाचनसँगै अपराधिक घटना बढेको देखिन्छ ।
धादिङ जिल्लाभर १३ वटा स्थानीय तह छन् जसमध्ये अघिल्लो निर्वाचनमा एमालेले ८ वटा स्थानीय तहको अध्यक्ष जितेको थियो । बाँकी ३ वटामा कांग्रेसले जितेको थियो । माओवादी केन्द्रले एक स्थानीय तहमा अध्यक्ष जितेको थियो भने एउटामा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले जितेको थियो ।
एमाले भर्सेस् गठबन्धन
धादिङका सबै स्थानीय तहमा सत्ता गठबन्धन दलहरूले सहकार्य गर्ने भएको छ । शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै धादिङमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने नेकपा माओवदी केन्द्र धादिङका एक नेताले मेरोन्यूजलाई जानकारी दिए । धादिङमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन गरेर स्थानीय निर्वाचनमा जाने तयारी गरेको हो । यता एमालेले पनि आफूहरू गठबन्धनभन्दा बलियो भएको दाबी गरेको छ ।
अघिल्लोपटकको निर्वाचनको तथ्यांक हेर्दा एमालेले अधिक स्थानमा जित हात पारेको छ । तर एमालेको विभाजनसँगै धादिङको निर्वाचनमा ठूलो धक्का यो निर्वाचनमा देखिने भएको छ । धादिङका आधाभन्दा बढी एमालेका नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा रहेको समाजवादीका जिल्ला अध्यक्ष गुरु प्रसाद बुर्लाकोटीले बताए ।
‘हामी चार दल मिलेर निर्वाचनमा जाने निर्णय भइसकेको छ, अब धादिङमा एमालेलेलाई बढालेर फालिन्छ, यो कुरामा ढुक्क छौँ,’ एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बुर्लाकोटीले भने, ‘नेकपा एमालेका आधाभन्दा बढी नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा नै छन्, त्यसैले कुनै तहमा एमालेले निर्वाचन जित्न सक्दैन, फाट्ट फुट्ट एक दुई वटा वडामा जिते मात्रै हो नत्र भने एमालेलाई गठबन्धनले ढाल्छ ।’
यता एमालेले भने एमालेका केही कार्यकर्ताहरू एकीकृत समाजवादीमा आएको भएता पनि गएको भन्दा धेरै पुनः एमालेमा प्रवेश गरेको धादिङ एमालेका अध्यक्ष त्रिपाठीले दाबी गरे ।
एमाले धादिङ अध्यक्ष त्रिपाठीले मेरोन्यूजसँग भने, ‘गठबन्धनले केही गर्न सक्दैन, धादिङमा एमालेले ०७४ को स्थानीय निर्वाचनमा भन्दा धेरै मत ल्याउछ, यो कुरामा ढुक्क छु ।’
आधाभन्दा बढी नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा नै छन् भन्ने कुरा छ, यसले एमालेलाई समस्या पर्दैन ? मेरोन्यूजको प्रश्नमा धादिङ एमाले अध्यक्ष त्रिपाठीले भने, ‘सर्पको काँचुली फेरिएपछि झन शक्तिशाली हुन्छ, एमाले पनि त्यस्तै हो, केही अवशरवादीहरू समाजवादीमा गएको पक्कै हो, तर त्यसको दुई गुणा युवाहरू एमालेमा प्रवेश गरेका छन् । त्यसैले गठबन्धनले एमालेलाई केही धक्का दिन सक्दैन ।
२०७४ लाई फर्केर हेर्दा
०७४ सालको स्थानीय निर्वाचनमा समेत एमालेले एक्लै लडेको थियो । सो समयमा माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गरेको थियो । एक्लै लडेको एमालेले १३ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तह आफ्नो पक्षमा पारेको थियो ।
धुनीबेँसी नगरपालिका, गंगाजमुना गाउँपालिका, गजुरी गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका र सिद्धलेख गाउँपालिका गरी आठ वटा नगर तथा पालिकामा एमालेले अध्यक्ष जितेको थियो । यस्तै, ६ वटा उपप्रमुख पोल्टामा पारेको थियो ।
त्यस्तै, नेपाली कांग्रेसले नीलकण्ठ नगरपालिका, ज्वालमुखी गाउँपालिका र खनियाबास गाउँपालिका गरी जम्मा ३ वटा स्थानीय तहको प्रमुखमा विजयी भएको थियो । नेकपा माओवादी केन्द्रले बेनीघाट रोराङ गाउँपालिकामा मात्रै जितेको थियो । धादिङको उत्तरी भेगमा रहेको रुवीभ्याली गाउँपालिकामा भने राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले जितेको थियो ।
नीलकण्ठ नगरपालिका
यस नगरपालिकामा ४४ हजार १११ जना मतदाता छन् । जसमा १३ हजार १६६ मत ल्याएर कांग्रेसका भीम ढुंगाना नगर प्रमुखमा विजयी भए । एमालेका उम्मेदवार अर्जुनकुमार श्रेष्ठले ६ हजार ९९० मत ल्याएका थिए ।
धुनिबेँसी नगरपालिका
धुनिबेँसी नगरपालिकामा २५ हजार ७०१ जना मतदाता रहेको छ । यहाँ एमालेका उम्मेदवार तथा धुनिवेँसीका मेयर बालकृष्ण आचार्यले छ हजार ६६४ मत ल्याएका थिए भने मेयरमा पराजित भएका माओवादी केन्द्रका उम्मेदवार दीपक लामिछानेले तिन हजार ९२३ मत ल्याएका थिए ।
बेनीघाटरोराङ गाउँपालिका
बेनीघाटरोराङ गाउँपालिकामा माओवादी केन्द्रले जितेको थियो । विजयी भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार पित्त बहादुर डल्लाकोटी (हरि)ले छ हजार ४१० मत ल्याएका थिए । उनीसँग पराजित भएका नेकपा एमालेका उम्मेदवार गिरिराज कँडेलले पाँच हजार २५५ मत ल्याएका थिए ।
त्रिपुरासुन्दरी गाउँपालिका
त्रिपुरासुन्दरी गाउँपलिकामा समेत नेकपा एमालेले नै जितेको थियो । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार शम्भु थामाले चार हजार ६० मत ल्याएका थिए । पराजित भएका कांग्रेसका उम्मेदवार बासु तिमल्सिनाले तीन हजार ९६१ मत ल्याएका थिए ।
ज्वालामुखी गाउँपालिका
०७४ सालको निर्वाचनमा ज्वालामुखी गाउँपालिकामा कांग्रेसले जितेको थियो । कांग्रेसका विनोद तिमल्सिनाले पाँच हजार ९५४ मत ल्याएका थिए । एमालेका उम्मेदवार रामप्रसाद अधिकारीले पाँच हजार ९३० मत ल्याएका थिए ।
ज्वालामुखी गाउँपालिका भर २१ हजार २५७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । ०७४ को निर्वाचनमा कांग्रेसले एमालेलाई २४ मतले हराएको थियो ।
थाक्रे गाउँपालिका
थाक्रे गाउँपालिकामा समेत नेकपा एमालेले जितेको थियो । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार आठ हजार २३४ मत ल्याएका थिए भने पराजित भएको माओवादी केन्द्रका उम्मेदवार जिन्दगी थापाले ५ हजार ६९० मत ल्याएका थिए ।
रुवीभ्याली गाउँपालिका
निर्वाचन आयोगका अनुसार रुवीभ्याली गाँपालिका भर आठ हजार ९५३ जना मतदाता छन् । सो पालिकामा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले जितेको थियो । ०७४ को निर्वाचनमा राप्रपाका उम्मेदवार चेरुङ तामाङले एक हजार ४८६ मत ल्याएका थिए । प्रतिद्वन्द्वि माओवादीका उम्मेदवार रामसिंह तामाङले नौ सय ५३ मत ल्याएका थिए ।
गल्छी गाउँपालिका
०७४ को निर्वाचनमा नेकपा एमालेले गल्छीमा समेत जितेको थियो । सो निर्वाचनमा एमालेका कृष्ण बहादुर श्रेष्ठले छ हजार ५१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार विनोद कार्कीले पाँच हजार २०७ मत ल्याएका छन् ।
गजुरी गाउँपालिका
१६ हजार ६११ जना मतदाता भएको उक्त पालिकामा एमालेले जितेको थियो । एमालेका उम्मेदवार राजेन्द्र विक्रम बस्नेतले पाँच हजार ३३६ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदवार गणेशलाल श्रेष्ठले चार हजार ६ मत ल्याएका थिए ।
नेत्रावती गाउँपालिका
०७४ को निर्वाचनमा नेत्रावती गाउँपालिकामा समेत एमालेले नै जितेको थियो । सो निर्वाचनमा एमालेका दुर्गाकुमार शाक्यले एक हजार ६४६ मत ल्याएका थिए । पराजित भएका कांग्रेसका टंकजंग लामाले एक हजार ५७३ मत ल्याएका थिए ।
खनियावास गाउँपालिका
खनियाबास गाउँपालिकामा कांग्रेसले अध्यक्षको पद आफ्नो पोल्टामा पारेको थियो । कांग्रेसका रण बहादुर तामाङले नेकपा एमालेका प्रदिप फयुवालाई हराएको हो । ०७४ को निर्वाचनमा सो पालिकाभर नौ हजार ७२९ मतदाता थिए । जसमध्ये एक हजार ६४६ मत रण बहादुरले ल्याउक थिए भने प्रदिपले ९७१ मत ल्याएका थिए ।
गंगाजमुना गाउँपालिका
गंगाजमुना गाउँपालिकामा नेकपा एमालेले जितेको थियो । एमालेका उम्मेदवार बलबहादुर अधिकारीले तिन हजार ३५६ मत ल्याएका थिए भने पराजित भएका काग्रेसका अक्कल बहादुर तामाङले तीन हजार १८८ मत ल्याएका थिए । सो पालिकामा १८ हजार २७५ मतदाता छन् ।
सिद्धलेख गाउँपालिका
एमाललेले जितेको पालिकामध्ये सिद्धलेख हो । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार प्रेमनाथ सिलवालले पाँच हजार ६०७ मत ल्याएका थिए । पराजित भएका कांग्रेसका बद्री अर्यालले तीन हजार ६८२ मत ल्याएका थिए ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया