दोहोरी साँझ जाँदा २० रुपैयाँ, क्यासिनो छिर्दा ५० रुपैयाँ कर बुझाउनु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन करअन्तर्गत चलचित्र, दोहोरी साँझदेखि क्यासिनो जानेलाई अलगअलग करको दर कायम गरेको छ । काठमाडौं महानगरपालिका राजश्व विभागका अनुसार दोहोरी साँझ जानेलाई २० रुपैयाँ र क्यासिनो छिर्नेलाई ५० रुपैयाँ ब्यक्तिगत कर बुझाउन निर्देशन दिएको हो ।
विभागका अनुसार भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने ग्राहकवाट प्रति ब्यक्ति २० रुपैँया र क्यासिनो प्रवेश गर्ने ग्राहकवाट प्रति ब्यक्ति ५० रुपैयाँ कर उठाउन निर्देशन दिएको हो ।
यसैगरी, चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरुवाट प्रति टिकट ५ प्रतिशत र सांस्कृतिक प्रदर्शन हल, नाटकघर, फन पार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एन्ड एस्पा, स्विमिङ पुल र पार्क प्रवेश गर्दा एकमुष्ठ प्रति टिकट ५ प्रतिशत बुझाउन पनि राजश्व बिभागले निर्देशन दिएको छ ।
बाग्मती प्रदेशको आर्थिक ऐन–२०७८ को अनुसूची ३ ले तोकेअनुसार उक्त दररेट कायम गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया