टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन्। उनलाई नेपाल सरकार तथा मन्त्रिपरिषद्को चैत्र २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हाे ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले कार्यालय प्रयोजनका सबै काम कारबाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने बताए।
उनले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने समेत उनले बताए ।

















गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया