आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन जारी

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन आइतबारदेखि जारी छ । यो सम्मेलन भोलीसम्म चल्नेछ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न गरिएको हो ।
स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीतिनिर्माण गर्न तथा बढ्दै गएको जनस्वास्थ्यका सवालमा भएका अनुसन्धानलाई सम्बोधन गर्न सम्मेलन आयोजना गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।
स्वास्थ्यसम्बन्धी विविध विषयमा अनुसन्धानकर्ताबाट आफ्नो खोज तथा अनुसन्धानका १५३ कार्यपत्र प्रस्तुत गरिने उक्त सम्मेलनमा ३१ राष्ट्रिय विज्ञ र २२ अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको उनले बताए । सम्मेलनको पहिलो दिन ९आज० पूर्व–सम्मेलन गरिनेछ । जसमा सङ्घीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९, दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्थाजस्ता विषयमा प्रस्तुतीकरण र छलफल हुने जनाइएको छ ।
प्रस्तुतकर्तामध्येबाट एकरएक जनालाई उत्कृष्ट प्रस्तुतीकरण र उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ । यस्तै बायोमेडिकल जनरलमा विगत पाँच वर्षमा सबैभन्दा बढी लेख प्रकाशित गर्ने एक नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिनेछ । साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कारलगायत स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अनुसन्धान कार्यान्वयन र आविष्कारमा महत्वपूर्ण योगदान पुर्याउने ६० वर्ष पुगेका नेपाली वैज्ञानिकलाई स्वास्थ्य अनुसन्धान लाइफ टाइम एचिभमेन्ड अवार्डद्वारा सम्मानित गरिनेछ ।
परिषद्ले हरेक वर्ष स्वास्थ्य वैज्ञानिक सम्मेलन गर्दै आइरहेको छ । रासस












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया