मंगलबार, माघ १३, २०८२

कांग्रेसले बिहीबार बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

मेरोन्यूज २०७८ चैत २८ गते १८:०२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक बिहीबार बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सम्बन्धमा छलफल गर्न कार्य सम्पादन समिति बैठक बोलाइएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू रहेका छन् ।

कांग्रेसले स्थानीय तहको निर्वाचनको घोषणा पत्र तयार पार्न महामन्त्री गगन थापाको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले अहिले विभिन्न वर्ग र क्षेत्रका मानिससँग राय सुझाव लिइरहेको छ ।

यसै क्रममा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताको धारणा र सुझाव लिन बैठक बोलाइएको हो ।

प्रतिक्रिया