अत्यावश्यक सेवामा हडताल नगर्न प्रशासनको आग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो समयमा मर्मत नगरेको भन्दै स्थानीयले अवरोध गर्दा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवा अवरोध गर्नु कानुनविपरीत रहेको जनाएको हो ।
सिसडोल जाने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ फोहर व्यवस्थापन हुन सकेको थिएन ।
यसरी पटकपटक अत्यावश्यक सेवा बन्द गरिँदा समस्या उत्पन्न भएको भन्दै आगामी दिनमा फोहरमैलाको व्यवस्थित विसर्जन कार्यमा सहयोग गर्न पनि स्थानीयलाई सूचनामार्फत आग्रह गरिएको छ ।
आगामी दिनमा पनि यस्ता गतिविधि गरेको पाइए कानुनी कारबाही गरिने काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा भनिएको छ । दश दिनपछि आजदेखि उपत्यकाको १८ स्थानीयको फोहर व्यवस्थापनको कार्य पुनः शुरु भएको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै नेपाल सरकाले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार २०७८–२–१७ गते प्रकाशित राजपत्रको दफा १४ मा फोहरमैला व्यवस्थापनलाई पनि आवश्यक सेवाभित्र राखेको जानकारी सूचनामा गराइएको छ ।
















सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया