गृहमन्त्री खाँणसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेका छन् ।
गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । भेटमा काठमाडौँबाट अष्ट्रियाको राजधानी भियनामा सीधा उडान गर्नेबारे कुराकानी भएको थियो ।
गृहमन्त्री खाँणले काठमाडौँ–भियना उडान भएमा दुवै मुलुकलाई फाइदा हुने बताए । राजदूत वाइजरले उडानबारे सरकारसँग पहल गर्ने बताएकी थिइन् ।
नेपाल र अष्ट्रियाबीच सन् १९५९ अगस्ट १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । अष्ट्रियाले विशेष गरी सम्पदा क्षेत्रको संरक्षणमा नेपालमा सहयोग गर्दै आएको छ ।
अष्ट्रियाले पाटन संग्रहालयको पुनःस्थापना, केशर महल गार्डेन अर्फ ड्रिम्सको संरक्षण, नाम्चे जलविद्युत् र रोल्वालिङ पर्यावरणीय पर्यटनको प्रवर्द्धनलगायतमा सहयोग गरेको छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया