नागरिकता सच्याएर प्रहरीमा जागिर खाएको आरोप लागेका डीएसपी सिंह दोषी ठहर
मेरोन्यूज
२०७८ चैत २९ गते १९:३१

काठमाडौँ । नागरिकतामा जन्म मिति सच्याएर नेपाल प्रहरीको सेवामा प्रवेश गरेको अभियोगमा नायब उपरीक्षक (डीएसपी) रमेश सिंहलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज कीर्ते अभियोगमा सिंहविरुद्ध अभियोग दर्ता गरेको थियो ।
एसएलसीको लब्धाङ्क पत्रमा जन्म मिति २०३२ साल माघ १२ गते उल्लेख भएका सिंहले २०५८ सालमा प्रहरी निरीक्षक पदमा आवेदन दिएका थिए । आवेदन दिँदा उनको उमेर २६ वर्ष भइसकेको थियो । तर, प्रहरी निरीक्षकमा २५ वर्ष ननाघेको व्यक्तिले मात्र आवेदन दिन सक्ने व्यवस्था छ ।
सिंहले विद्यालयले दिने चारित्रिक प्रमाण पत्रमा जन्म मिति सच्याएर नक्कली बनाएको र त्यसैलाई पेस गरेर आवेदन दिएको आरोप लागेको थियो ।
सम्बन्धित
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया